२०८१ बैशाख ८

Tag: डोम समुदाय

उपमहानगरले डोम समुदायको घरमा डोजर चलाएपछि दर्जनौँको बिचल्ली

उपमहानगरले डोम समुदायको घरमा डोजर चलाएपछि दर्जनौँको बिचल्ली

देश, समाचार, सामाजिक
साभार: रातोपाटी जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले दलित समुदायको घरमा डोजर चलाएर उनीहरुलाई विस्थापित तुल्याएको छ । उपमहानगरले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित धर्मवान टोलमा दर्जनौँ डोम परिवारको घर भत्काएको हो ।  सडक छेउको ऐलानी जग्गामा बस्दै आएका डोम समुदायलाई बस्ने ठाउँको व्यवस्थापन नै नगरी उनीहरुको घर भत्काइएको हो । घरबिहीन भएका डोम परिवारहरु अहिले बिचल्लीमा परेका छन् । सो स्थानमा लामो समयदेखि करिब एक दर्जन जति डोम परिवारले घर बनाएर बसोबास गर्दै आएका थिए । स्थानीय रिता मलिक डोमले बसोबासको व्यवस्थापन विना नै घर भत्काइएको गुनासो गरिन् । सुकुम्वासी समेत रहेका डोम परिवारलाई जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे कोरोनाको कहरले मुलुकलाई आक्रान्त पारिरहेको समयमा विना जानकारी घर भत्काएको भन्दै पीडितहरुले आ...