२०८१ बैशाख ८

Tag: च्याङ्ग्रा

च्याङ्ग्राको व्यापारमा ह्रास; भाउ आकाशिएपछिको परिणाम

च्याङ्ग्राको व्यापारमा ह्रास; भाउ आकाशिएपछिको परिणाम

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ ।  चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् । दशैँ, तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोइसाध्य छैन । रु ९५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै दुई गुणा पर्न जाने मासु व्यवसायी कृष्ण खड्काले बताए । मुस्ताङबाट हिँडेको च्याङ्ग्रा व्यापारीहरुले बागलुङ बजारमा ल्याएका छन् । कोरोनाका कारण तिब्बतबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि मुस्ताङमा मात्रै उत्पादित च्याङ्ग्राले बजारको माग धान्नै धौधौ परेको छ । मूल्य बढी पर्ने भएकाले गत वर्षको तुलनामा च्याङ्ग्राको व्यापार घट्दै गएको बागलुङबाट मुस्ताङ गएर पाँच वर्षदेखि च्याङ्ग्रा ल्याउँदै आएका अम्मरबहादुर क्षेत्रीले जानकारी दिए । “यसपालि च्याङ्ग्रा कम छ...