२०८१ बैशाख ८

Tag: कोरोना सङ्क्रमण

आइसियु र भेन्टिलेटरको चरम अभाव हुँदै

आइसियु र भेन्टिलेटरको चरम अभाव हुँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा आइसियु र भेन्टिलेटरको अभाव हुँदै आएको छ । सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारले कैलालीको टीकापुर अस्पताललाई भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्ति उपलब्ध गराउन नसक्दा अस्पताल आफैँले आइसियु र भेन्टिलेटर सञ्चालनका लागि पहल शुरु गरेको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकारले टीकापुर अस्पताललाई चारवटा भेन्टिलेटर खरिदका लागि रकम पठायो भने सुदूरपश्चिम प्रदेश सरकारले दुईवटा भेन्टिलेटर खरिद गरेर पठाएको छ । एकवटा भेन्टिलेटर यूएनडिपीले अस्पताललाई सहयोग गरेको अस्पतालमा उपकरण भएर पनि जनशक्ति नहुँदा आएका उपकरणलाई प्रयोगमा ल्याउन नसकिएको अस्पतालका अध्यक्ष दीपक रावलले बताएका छन् ।  “अहिले टीकापुर अस्पतालसँग सात वटा भेन्टिलेटर छन् तर, आइसियुका लागि एकजना दक्ष जनशक्तिसमेत अस्पतालसँग छैन ।” अध्यक्ष रावलले भने, “अहिले बिरामीको आइसियु र भेन्टिलेटर नपाउँदा ज्यान ...
कोरोनाबाट मृत्यु हुने दर बढ्यो : सुदूरपश्चिम

कोरोनाबाट मृत्यु हुने दर बढ्यो : सुदूरपश्चिम

देश, समाचार, सामाजिक, स्वास्थ्य
कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गएको १० दिनमा प्रदेशमा छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कञ्चनपुर जिल्लाका ६२ वर्षीय पुरुष सङ्क्रमितको बुधबार मृत्यु भएपछि प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । होम आइसोलेसनमै मृत्यु हुने कतिपय सङ्क्रमितको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।  जाडोयाम शुरु भएसँगै जटिल अवस्थाका कोरोना सङ्क्रमित बिरामी बढ्दै गएका छन् । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ । मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म प्रदेशमा कुल सङ्क्रमणको पुष्टि भएका १० हजार २६९ जना...
एक युवकमा कोरोना देखिएपछि वडा एक हप्ताका लागि सिल

एक युवकमा कोरोना देखिएपछि वडा एक हप्ताका लागि सिल

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना सङ्क्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ ।  स्वदेशका विभिन्न ठाउँबाट आएका तथा विदेशबाट आएका २० जनाको स्वाब सङ्कलन गरेर परीक्षणमा पठाइएकामा एक जनाको रिपोर्ट पोजिटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले जारी गरेको सूचनामा उल्लेख छ । पिसीआर परीक्षणका लागि उनीहरुको स्वाब असोज २० गते सङ्कलन गरेर बिराटनगर पठाइएको थियो । वडामा कोरोना भाइरसको सङ्क्रमित भेटिएपछि गाउँपालिकाबाट प्रवाह हुने अतिआवश्यकबाहेकका अन्य सेवासमेत बन्द गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिए ।  यस अवधिमा गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा पसल, बैंक तथा वित्तीय संस्था, साना तथा ठूला सवारी साधन बन्द गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकामा य...
सप्तरीका प्रदेश सभासदस्य सहित २७ जनामा कोरोना संक्रमण

सप्तरीका प्रदेश सभासदस्य सहित २७ जनामा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । प्रदेशसभा सदस्य  यादवले  सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरेका छन् ।   राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गरेका छन् । कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।  प्रदेशसभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  Advertisement रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मच...