
काँग्रेस नेता केशवराज उपाध्यायको निधन
नेपाली काँग्रेसका नेता एवं तत्कालीन डोटी जिल्ला विकास समितिका सभापति केशवराज उपाध्यायको उपचारका क्रममा आज कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा निधन भएको छ ।श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उपाध्यायको ७४ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको नेपाली काँग्रेस डोटीका नेता लक्ष्मीराज पाठकले बताए । डोटीको साविक बोगटान गाउँपालिका–७ स्थायी घर भई हाल कैलालीको टीकापुरमा बस्दै आएका उउनी वि सं २०४९ मा तत्कालीन डोटी जिल्ला विकास समितिको सभापति पदमा निर्वाचित भएर जिम्मेवारी बहन गरेका थिए ।Advertisementउहाँले प्रजातन्त्र स्थापना र पुनःस्थापानका लागि काँग्रेसले थालेको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनका तीन छोरा र श्रीमति छन् । स्वर्गीय उपाध्यायको आजै कैलालीको कर्णाली नदी घाटमा आज अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा काँग्रेस नेता कार्यकर्ताको उपस्थित...
