२०८१ बैशाख ७

Tag: किबी

किसान उत्साहित ,तीन वर्षमै फल्यो किबी

किसान उत्साहित ,तीन वर्षमै फल्यो किबी

देश, समाचार
गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् । बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन् ।  ताराखोला गाउँपालिका–३ का नीरज बगालेले किबीको खेती थालेको वर्षौँ भयो । गाउँ विकास समिति हुने बेला हिलको अनुदानमा बिरुवा ल्याएर लगाएका बगालेले अहिले वर्षमा ४०० किलोसम्म किबी फलाउँछन् ।  पैँतीस वटा बिरुवाले दिने आम्दानीले उनलाई सधैँ उत्साहित बनाउँछ । गाउँकै अगुवा किसान भएकाले उनले लगाएको किबी हेर्न र सिको गर्न आउने धेरै थिए । गाउँपालिका गठनपछि आर्थिक वर्ष २०७४/०७४ को बजेटमा गाउँपालिकाले किबीका बिरुवा किनेर बगालेको जस्तै बगान सबै वडामा बनाउने योजना बनायो । परीक्षणका लागि हरेक वडामा १०० वटाका दरले किसानलाई बिरुवा बाँडियो । तीन वर्ष पहिले बाँडिएका बिरुवाले उत्पादन दिएपछि दङ्ग परेको वडा न...