२०८१ बैशाख २४

Tag: ऋण लगानी

ऋण लगानीमा विकास बैंक आक्रामक, वित्त कम्पनी कमजोर

ऋण लगानीमा विकास बैंक आक्रामक, वित्त कम्पनी कमजोर

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
२ माघ, काठमाडौं । ऋण लगानीमा ‘क’ वर्गका (वाणिज्य) बैंक भन्दा ‘ख’ वर्गका (विकास) बैंक आक्रामक देखिएका छन् । नेपाल राष्ट्र बैंकको मर्जरको नीतिपछि विकास बैंकहरुको संख्या निरन्तर घट्दो क्रममा छन् । पछिल्लो एक वर्षकै अवधिमा पनि विकास बैंकहरुको संख्या १९ मा झरेको छ । धेरै विकास बैंकहरु विलय भए पनि सञ्चालनमा रहेकाले कारोबार विस्तारमा भने आक्रामक उपस्थिति देखाएका छन् । Advertisement नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षको मंसिर मसान्तको तुलनामा चालु आर्थिक वर्षको मंसिर मसान्तमा विकास बैंकहरुले कर्जा लगानी ९ प्रतिशतले बढाएका छन् । जुन वाणिज्य बैंकहरु भन्दा बढी हो । कोरोनाले निकै अप्ठेरो अवस्था सिर्जना हुँदा पनि वाणिज्य बैंक भन्दा तुलनात्मक हिसाबले विकास बैंकले कर्जा लगानी बढाएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्त...