२०८१ श्रावण १२

Tag: लुम्बिनी

लुम्बिनीमा क्षेत्र संरक्षण अभियान

लुम्बिनीमा क्षेत्र संरक्षण अभियान

देश, राजनीति, समाचार, सामाजिक
२० माघ, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा सिमसार क्षेत्र संरक्षण र विस्तार अभियान सुरु भएको छ । लुम्बिनी विकास कोषले संरक्षण गरेको ११ सय ५५ बिघा क्षेत्रमध्ये १ सय ५२ बिघा सिमसार क्षेत्र भएपनि त्यसको उचित संरक्षण हुन नसकेकाले संरक्षण अभियान थालिएको हो । सारसलगायत अन्य वन्यजन्तुको बासस्थान संरक्षण, पर्या–पर्यटन पूर्वाधारमार्फत लुम्बिनी घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने र वातावरण तथा जैविक विविधता संरक्षण गर्ने उद्देश्यले सिमसार क्षेत्र संरक्षण र विस्तार अभियान थालिएको कोषले जनाएको छ । Advertisement हाल लुम्बिनीमा जंगल ४० प्रतिशत, घाँसे मैदान ५२ प्रतिशत, सडक तथा भवनहरु ६ प्रतिशत र सिमसार क्षेत्र २ प्रतिशत मात्र छ । सिमसार क्षेत्र संरक्षण र विस्तार गर्न विकास कोषले अमेरिकाको अन्तर्राष्ट्रिय क्रेन फाउण्डेसनलाई ६ सय ६० बिघा जग्गा ५० वर्षका लागि लिज...