२०८१ श्रावण १२

Tag: लम्की–टीकापुर–खक्रौला सडक

लम्की–टीकापुर–खक्रौला सडक निर्मण प्रारम्भ

लम्की–टीकापुर–खक्रौला सडक निर्मण प्रारम्भ

देश, समाचार
कैलालीमा लम्की–टीकापुर–खक्रौला सडक खण्डको स्तरोत्रतिको काम शुरु भएको छ । कूल २९.७ किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरेर सडकको स्तरोत्रतिको काम शुरु भएको हो । हुलाकी राजमार्गअन्र्तगत पर्ने लम्की–टीकापुर–खक्रौला सडकमा अहिले किनारा सफा, माटो पटानी, कल्भर्ट तथा पुल निर्माण गर्नुपर्ने स्थानमा त्यसको वेस बनाउने (सतह निर्माणको) काम भइरहेको आयोजनाले जनाएको छ ।  लम्कीदेखि आठ किलोमिटर पहिलो खण्ड, आठ किलोमिटरदेखि १८ किलोमिटरसम्म दोस्रो खण्ड र १८ किलोमिटरदेखि २९।७ किलोमिटरसम्म तेस्रो खण्ड बनाएर काम शुरु भएको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इञ्जिनियर पदम मडैले जानकारी दिए । ‘‘सडक निर्माण कार्य ३० महिनामा सक्नुपर्ने समय छ । अहिले पहिलो चरणमा माटो फिलिङ र क्षेत्र छुट्याउने काम भइरहेको छ’’, इञ्जिनियर मडै भन्छन्, ‘‘यतिखेर धमाधम सतह निर्माणको काम थालिएको छ ।’’ हुलाकी राजमार्ग निर्देश...