२०८१ श्रावण ११

Tag: राष्ट्रिय महिला लिग

राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल आजदेखि, आर्मी र चौदण्डीगढी भिड्दै

राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल आजदेखि, आर्मी र चौदण्डीगढी भिड्दै

देश, समाचार
२४ माघ, काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको खेलहरु आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको डबल लिग अन्तर्गत पहिलो चरणका खेलहरु सकिसकेका छन् । लिगमा तीन विभागीय र चार नगरपालिका/महानगरपालिका टिमसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो चरणको पहिलो खेलमा शनिवार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे खेल सुरु हुनेछ । पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२-० ले पराजित गरेको थियो । अंकतालिकामा दोस्रो स्थानमा रहेको आर्मी चौदण्डीलाई पराजित गर्दै लिग लिडर एपीएफसंथ अंक दूरी कम गर्ने योजनामा हुनेछ । पहिलो चरणको ६ खेलबाट १३ अंक जोडेर आर्मी दोस्रो स्थानमा छ । ६ वटै खेल हारेको चौदण्डीगढी अंकविहीन हुँदै पुछारमा छ । महिला लिगको...