२०८१ श्रावण १२

Tag: मोटरसाइकल दुर्घटना

नुवाकोटमा बोलेरोसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

नुवाकोटमा बोलेरोसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२५ माघ, काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका-३ ढिकुरेमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रदेश ३ ०१०२ च ३७१९ नम्बरको बोलेरो गाडी र बा६३प ६६९५ नम्बरको मोटरसाइकल शनिबार राति साढे ११ बजे आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । Advertisement मृत्यु हुनेमा स्थानीय २२ वर्षीय कमान तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि त्रिशूली अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ४५ वर्षीय रमेश तामाङ घाइते छन् । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । बोलेरो गाडीहित चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढिकुरेले जनाएको छ । Credit: OnlineKhabar ...