![मुकेश चौरसिया मृत्यु प्रकरण : किटानी जाहेरी दर्ताका लागि पाँचौँ दिन पनि आन्दोलन](https://www.symnetwork.com/wp-content/uploads/2020/10/mukesh_parsa_xmwIJ6O9HF-780x440.jpg)
मुकेश चौरसिया मृत्यु प्रकरण : किटानी जाहेरी दर्ताका लागि पाँचौँ दिन पनि आन्दोलन
नेकपा पर्साका जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको पाँच दिन बित्दा पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका छन् । उनको शव पाँच दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमै राखिएको छ ।
नेकपा पर्साले मुख्य योजनाकार सहित हत्या आरोपीलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दर्ता गर्न खोज्दासमेत बेवास्ता गरेपछि स्तानीयस्तरमा पर्साका प्रहरी उपरीक्षक गंगा पन्त र सरकारविरुद्ध आन्दोलन भइरहेको छ ।
मृतक चौरसियाका परिवारजनले जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले बेवास्ता गरेको नेकपा पर्साको आरोप छ ।
शुक्रबारदेखि नै जिल्ला प्रहरी कार्यालय पर्सामाथि किटानी जाहेरी दर्ताका लागि दबाबस्वरुप आन्दोलन हुँदै आएको छ । प्रहरीले किटानी जाहेरी दर्ताका लागि आनाकानी गर्दै आएको छ ।
सो घटनाका मुख्य योजनाकार ...