२०८१ श्रावण ११

Tag: नागरिक समाज

नागरिक समाजले सोमबार बालुवाटारमै मार्चमास गर्ने

नागरिक समाजले सोमबार बालुवाटारमै मार्चमास गर्ने

देश, समाचार, सामाजिक
१० माघ, काठमाडौं । नागरिक समाजले आगामी सोमबार (माघ १२ गते) प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ । संसद विघटनको विरोधमा सुरु भएको बृहत नागरिक आन्दोलनले यसअघि नै बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको थियो । सोहीअनुसार प्रदर्शन कार्यक्रम सोमबारका लागि तय गरिएको नागरिक आन्दोलनका प्रतिनिधि युग पाठकले जानकारी दिए । Advertisement दिउँसो २ बजे कमलपोखरी जम्मा भई कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर बालुवाटारसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ । मार्चपासका क्रममा कलात्मक प्रस्तुति पनि हुने छन् । संसद विघटन र सबै प्रकारका प्रतिगमनको विरुद्ध कार्यक्रममा सहभागिताका लागि कवि, लेखक, कलाकार,संगीतकर्मी, बौद्धिक, पेशाकर्मी उवम् नागरिक अभियन्तालाई अनुरोध गरिएको छ । Credit: OnlineKhabar ...
नागरिक आन्दोलनको फेरिँदो अनुहार

नागरिक आन्दोलनको फेरिँदो अनुहार

देश, समाचार, सामाजिक
६ माघ, काठमाडौं । २०६२/०६३ को जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको नागरिक समाज त्यसपछि सुस्तायो । विभाजित बन्यो र तिरवितर भयो । अहिले डेढ दशकपछि कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सडकमा फेरि नागरिक अभियन्ताहरु देखा परेका छन्, तर पहिलेको भन्दा फरक अनुहारमा । Advertisement अहिलेको नागरिक आन्दोलनले सामान्यतः २०६२/०६३ सालको नागरिक आन्दोलनकै झल्को दिन खोजेको देखिन्छ । तर, यसको अग्रमोर्चामा पुरानो नेतृत्व भने खासै देखिएको छैन । एजेण्डाको हिसाबले २०६२/०६३ सालमा सक्रिय नागरिक समाजका अगुवाहरु अहिले पनि एकै ठाउँमा छन् । तर, डेढ दशक अगाडि सडकमा निकै जोश र जाँगरका साथ सक्रिय अगुवाहरु अहिले स्वास्थ्यको कारण देखाउँदै सडकमा आउन असमर्थ छन् । र, उनीहरुले नयाँ पुस्तालाई अगाडि आउन र जिम्मेवारी लिन आग्रह गरिरहेका छन् । डेढ दशक अगाडि ज...