२०८१ श्रावण १२

Tag: नागरिक आन्दोलन

सहिदको शालिक बाट जनआन्दोलनको माग

सहिदको शालिक बाट जनआन्दोलनको माग

देश, समाचार
१७ माघ, पोखरा । २०६२/०६३ को जनआन्दोलनको रापताप बढ्दै थियो । २६ चैतको बिहान पोखरा पृथ्वीनारायण क्याम्पस बगरदेखि राजनीतिक दल र विद्यार्थीको र्‍याली महेन्द्रपुलतिर आउँदै थियो । महेन्द्रपुल आइपुग्दा आन्दोलनमा ठूलो संख्या मिसिइसकेको थियो । महेन्द्रपुल चोकमै नेपाल टेलिकमको छतमा नेपाली सेना बसिरहेको थियो । सेनाले आन्दोलनलाई अगाडि बढ्न नदिएपछि आक्रोशित भीडबाट टेलिकमतिर ढुंगा हान्यो । सेनाले गोली चलायो । काभ्रे, उग्रचण्डीका भीमसेन दाहाल भुइँमा भुक्लुक्क ढले । Advertisement दाहाल दोस्रो जनआन्दोलनमा ज्यान गुमाउने पहिलो सहिद बने । महेन्द्रपुल चोकनेर उनै दाहालको शालिक बनाइएको छ ।शनिबार दोस्रो जनआन्दोलनका प्रथम सहिद तिनै भीमसेनको शालिकअघि उभिएर कवि, लेखक तथा नागरिकले तेस्रो जनआन्दोलनको आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओ...
नागरिक समाजले सोमबार बालुवाटारमै मार्चमास गर्ने

नागरिक समाजले सोमबार बालुवाटारमै मार्चमास गर्ने

देश, समाचार, सामाजिक
१० माघ, काठमाडौं । नागरिक समाजले आगामी सोमबार (माघ १२ गते) प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ । संसद विघटनको विरोधमा सुरु भएको बृहत नागरिक आन्दोलनले यसअघि नै बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको थियो । सोहीअनुसार प्रदर्शन कार्यक्रम सोमबारका लागि तय गरिएको नागरिक आन्दोलनका प्रतिनिधि युग पाठकले जानकारी दिए । Advertisement दिउँसो २ बजे कमलपोखरी जम्मा भई कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर बालुवाटारसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ । मार्चपासका क्रममा कलात्मक प्रस्तुति पनि हुने छन् । संसद विघटन र सबै प्रकारका प्रतिगमनको विरुद्ध कार्यक्रममा सहभागिताका लागि कवि, लेखक, कलाकार,संगीतकर्मी, बौद्धिक, पेशाकर्मी उवम् नागरिक अभियन्तालाई अनुरोध गरिएको छ । Credit: OnlineKhabar ...