२०८१ श्रावण १२

Tag: दुल्लु दरबार

पुनर्निर्माणको पर्खाइमा दुल्लु दरबार

पुनर्निर्माणको पर्खाइमा दुल्लु दरबार

देश, समाचार, सामाजिक
सुर्खेत ।  जुम्लाका सिंजा राजाको हिउँदे राजधानी रुपमा चिनिएको दैलेखको दुल्लु दरबार पुनर्निर्माणको पखाईमा छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त बनाएपछि पुनर्निर्माण भएको छैन । २०६० वैशाख ८ गते माओवादीले दरबारमा बम पड्काएर पुरै दरबार ध्वस्त बनाएका थिए । तीनवटा भ¥याङ र ५२ वटा झ्याल ढोका भएको दरबार परम्परागत शैलीमा निर्माण गरिएको थियो । दुल्लु राज्यको क्षेत्र तिब्बतको ताक्लाकोटदेखि भारतको गडुवालसम्म फैलिएको थियो । वाइसे –चौविसे राज्यमा यो राज्य एक राज्यको रुपमा रहेको थियो । नेपालबाट अरनिको समुहका ललितपुरका कालिगढ झिकाई विक्रम सम्वत् १९८४ मा दरबारको पुनर्निर्माण गरिएको थियो । तत्कालिन दुल्लु राज्यका नेपाली सेनाका कर्नेल डम्बरबहादुर शाहले भारतको बैजरी स्थानको लडाइँ जितेर ल्याएको सम्पत्तिबाट दरबारको निर्माण गर्न लगाएको इतिहासका विद्यार्थी...