
उपमहानगरले डोम समुदायको घरमा डोजर चलाएपछि दर्जनौँको बिचल्ली
साभार: रातोपाटीजनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले दलित समुदायको घरमा डोजर चलाएर उनीहरुलाई विस्थापित तुल्याएको छ । उपमहानगरले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित धर्मवान टोलमा दर्जनौँ डोम परिवारको घर भत्काएको हो ।सडक छेउको ऐलानी जग्गामा बस्दै आएका डोम समुदायलाई बस्ने ठाउँको व्यवस्थापन नै नगरी उनीहरुको घर भत्काइएको हो । घरबिहीन भएका डोम परिवारहरु अहिले बिचल्लीमा परेका छन् । सो स्थानमा लामो समयदेखि करिब एक दर्जन जति डोम परिवारले घर बनाएर बसोबास गर्दै आएका थिए । स्थानीय रिता मलिक डोमले बसोबासको व्यवस्थापन विना नै घर भत्काइएको गुनासो गरिन् ।सुकुम्वासी समेत रहेका डोम परिवारलाई जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे कोरोनाको कहरले मुलुकलाई आक्रान्त पारिरहेको समयमा विना जानकारी घर भत्काएको भन्दै पीडितहरुले आ...
