२०८१ श्रावण १२

Tag: गोरखा

मनकामनामा दर्शनार्थीको घुइँचो : मौसमका कारण अझ आकर्षण बढेको अनुमान

मनकामनामा दर्शनार्थीको घुइँचो : मौसमका कारण अझ आकर्षण बढेको अनुमान

देश, समाचार
४ माघ, गोरखा । गोरखाको शहीद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण नौ महिना बन्द भई गत मङ्सिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएको हो । Advertisement हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए । उनका अनुसार शनिबार एकै दिन पाँच हजारभन्दा बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापाले बताए । यसैबीच शनिबार मात्र चार हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एक...