२०८१ श्रावण १२

Tag: गल्छी–रसुवागढी सडक योजना

‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत सम्पन्न

‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत सम्पन्न

देश, समाचार, सामाजिक
राष्ट्रिय गौरवको आयोजनाका रूपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिर काटिएको छ भने बाँकी स्थानका भिर काट्ने र पहिरो नियन्त्रणको काम पनि अघि बढाइएको योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिर्ए । उनका अनुसार धादिङको गल्छीबाट रसुवाको स्याफ्रुबेसीँसम्म निर्माण भइरहेको सडकको प्रगति बार्खायाम र कोरोनाका कारण प्रभावित भएकामा अहिले भने तीव्रगतिमा अघि बढेको छ । “निकै कठिन मानिएको बेलकोटगढी–७ स्थित कल्चौडीभिर दुई वर्षको प्रयासले काटिएको छ भने बुधसिंहघाटस्थित भिर काट्ने काम अब अघि बढाउन लागिएको छ”, योजना प्रमुख भण्डारीले भने, “मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानान्तरण, सडकको सीमा निर्धारण, पहिरोलगायतका कारण क...