२०८१ श्रावण १२

Tag: कोभिड–१९

होम आइसोलेशनमा बस्नेको खर्च ४२ लाख देखाई भ्रष्टाचार : टोखा नगरपालिका

होम आइसोलेशनमा बस्नेको खर्च ४२ लाख देखाई भ्रष्टाचार : टोखा नगरपालिका

देश, समाचार, स्वास्थ्य
टोखा नगरपालिकाले कोभिड–१९ पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप रु ४२ लाख नौ हजार १०० खर्च गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाको विसं २०७७ भदौमा बसेको ६२औँ नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार हालसम्म ७९२ कोरोना सङ्क्रमित परिवारलाई सन्तुलित भोजनका लागि उक्त रकम खर्च भएको हो । कोरोना सङ्क्रमण बढेसँगै टोखाको ६२औँ नगर कार्यपालिकाको बैठकले कोरोना पोजेटिभ भई घरमा बस्ने बिरामीका लागि १४ दिनसम्म सन्तुलित भोजनका लागि प्रतिदिन रु ३५० भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । नगरपालिकाभित्र बसोबास गर्ने एक परिवारको एक जना मात्र कोरोना पोजेटिभ भएर होमआइसोलेसनमा बसेकालाई १४ दिनको एकमुष्ट रु चार हजार ९०० र एकै परिवारका एकभन्दा बढी व्यक्ति कोरोना पोजेटिभ भएर होमआइसोलेसनमा बस्नेलाई रु सात हजार उपलब्ध गराएको नगरपालिकाका आर्थिक शाखा प्रमुख ज्ञानबहादुर अधिकार...