संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्छ : ईश्वर पोखरेल
२७ फागुन, वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदीय प्रक्रियाले राजनीतिक निकास नदिए पुनः ताजा जनादेशमा जानुपर्ने अवस्था आउने बताएका छन् ।
सर्वाेच्च अदालतको पछिल्लो फैसलाले ०७५ साल जेठ २ गतेको अवस्थामा दलहरुलाई पुर्याएको बताउँदै उनले संसदले निकास नदिए जनादेशमा जानुको विकल्प नभएको बताए ।
Advertisement
०७५ साल जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी बनेकोे थियो ।
ऋषि कट्टेलले नाममा दाबी गर्दै अदालत गुहारेपछि उनकै पक्षमा सर्वोच्चको फैसला आइसकेको छ ।
वीरगञ्जमा बिहीबार भएको पत्रकार भेटघाटमा नेता पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसकेपछि भने प्रधानमन्त्रीले राजीनामा दिनेसमेत बताए ।
नेकपा एमाले र माओवादी केन्द्र गरी नेकपा दुईवटा पार्टी भएपछि सरकार अल्पमतमा पर्ने अवस्था छ कसरी जानुह...