ललितपुर महानगरले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई रु. १ लाख २० हजार सहयोग गर्ने
२८ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले ‘कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ का केही प्रावधानहरुमा द्विविधा उत्पन्न भएको भन्दै थप स्पष्ट पारेको छ ।
महानगरपालिकाले बिहीबार विज्ञप्ति निकालेर कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदान गरिने उपचार तथा राहत सहयोगबारे थप स्पष्ट पारेको हो ।
Advertisement
महानगरपालिकाले कोरोना संक्रमण भई अस्पताल, आइसोलेसन सेन्टर वा अन्य ठाउँमा मृत्यु भएका वा संक्रमणमुक्त भएका तर डिस्चार्ज नहुँदै उपचारका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत स्वरुप १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने स्पष्ट पारेको छ ।
कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थाको आईसीयू वा भेन्टिलेटरमा उपचार गराएका नगरवासीलाई उपचार खर्च तथा राहत वापत ६० हजार रुपैयाँ उपलब्ध ...









