कांग्रेस दौड : संस्थापनइतरबाट शेखर र गगनमध्ये को ?
काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता छान्ने कसरत सुरु भएको छ । अहिलेको निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ ।
कांग्रेसको संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई नै संसदीय दलको नेता बनाउने गृहकार्य थालेको छ । देउवा नै नयाँ प्रधानमन्त्री हुने गरी तयारी गरिएको हो ।
प्रधानमन्त्री देउवाले कांग्रेसबाट नवनिर्वाचित सांसदहरूलाई नयाँ सरकारमा अवसर दिने आश्वासन बाँडिरहेका छन् । उनले सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूसँगको संवादका लागि उपसभापति पूर्णबहादुर खड्कालाई खटाएका छन् ।
तर, संस्थापनइतर पक्ष देउवा अब ‘फेज आउट’ नेता भएको भन्दै संसदीय दलमा उनी हार्ने विश्लेषणसहित तयारीमा जुटेको छ । आफ्नो तर्फबाट एकल उमेदवार चयनमा भने संस्थापनइतर सफल भएको छैन । जितेका सांसदहरू काठमाडौं नआइसकेकाले सामूहिक बैठक र छलफल गर्न नपाएको संस्थापनइतर पक्षले जनाएको छ ।
योब...









