चुनावी परिणामबाट निराश हुनुपर्दैन, गुम्न खोजेको शक्तिमा फर्किन सक्छौँ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनावी परिणामबाट माओवादी निराश हुन नपर्ने बताएका छन् ।
शनिबार नेपाल राष्ट्रिय कर्मचारी महासंघको १५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै प्रचण्डले चुनावी परिणामबाट माओवादी निराश हुन नपर्ने भन्दै अहिले निराश र चिन्तित नभई आफूलाई गम्भीर भएर रूपान्तरण गर्न आवश्यक भएको बताए । उनले माओवादीले ल्याएको व्यवस्था नै अहिले भएकाले आफूहरू फेरि गुम्न खोजेको शक्तिमा फर्किन सक्ने विश्वास व्यक्त गरे ।
स्थानीय तहका १२२ पालिका माओवादीको कन्ट्रोलमा रहेको भन्दै प्रदेशमा ७४ को हाराहारीमै रहेको प्रचण्डले बताए । उनले संघीय संसद्मा भने आफ्नो पार्टीले सोचेजस्तो र अपेक्षा गरेजस्तो सिट नजिते पनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कसैले अवमूल्यन गर्न नसक्ने दाबी गरे ।
उनले राष्ट्रिय राजनीतिमा आफूहरुक...









