२०८३ बैशाख २०

Author: Senior Editor Nima

देउवाको सपथअघि शितल निवासमा के भएको थियो, केमा मिल्यो कुरा?

देउवाको सपथअघि शितल निवासमा के भएको थियो, केमा मिल्यो कुरा?

देश, राजनीति
पूर्वप्रधानमन्त्रीहरू तथा अन्य विशिष्ट पाहुनाहरू पुगको धेरै समय भइसक्दा पनि मंगलबार साँझ नवनियुक्त प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति निवास शितलनिवास पुग्न ढिलाइ गरे। साँझ ६ बजे सपथ ग्रहण गर्ने कार्यक्रम थियो। उक्त समय घर्किसक्दा पनि बुढानिलकण्ठस्थित निवासबाट हिँडेका थिएनन्। Advertisement देउवाको सचिवालयले पार्टीका नेताहरूमार्फत् राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकाललाई सम्पर्क गरेर नियुक्तिमा संविधानको धारा उल्लेख गर्न भनेका थिए। केहीबेर पर्खँदा पनि नियुक्तिको भाषा सच्चिएको खबर नआएपछि सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई बोलाएर नियुक्तिको भाषा बदल्न देउवाले आग्रह गरेको स्रोत बताउँछ। राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको विज्ञप्ति सार्वजनिक गरेको थियो। उक्त विज्...
विनोद चौधरी: पाए अर्थमन्त्री, नभए उद्योग वा परराष्ट्र

विनोद चौधरी: पाए अर्थमन्त्री, नभए उद्योग वा परराष्ट्र

राजनीति
काठमाण्डौ । सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।  नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ ग्रहण कार्यक्रम शितल निवासमा आज साँझ ६ बजे राखिएको छ ।  Advertisement प्रधानमन्त्रीको नियुक्तिसँगै नयाँ बन्ने सरकारमा मन्त्री बन्नसक्नेहरुको चर्चा भइरहेको छ । केही आकर्षक मन्त्रालयहरुमा कुन कुन नेताले अवसर पाउँछन् भन्ने विषयमा पनि राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।  पैंतीस लाख बढी लगानीकर्ताको सहभागिता रहेको सेयर बजारमा पनि अब बन्ने अर्थमन्त्रीको विषयमा अड्कलबाजी भइरहेको छ । योसँगै देशकै एक मात्र डलर अर्बपति विनोद चौधरी समेत मन्त्री बन्ने चर्चाले बजार तताएको छ ।  के विनोद चौधरी अर्थमन्त्री बन्दैछन् त ? हामीले यो विषयमा कांग्रेस र चौधरी निकट स्रोत...
माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बन्ने, आजै सपथ

माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बन्ने, आजै सपथ

देश, राजनीति
नेकपा माओवादी केन्द्रले नेता जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन्। शर्मा अर्थ र भुसाल उर्जा मन्त्री बन्न लागेका हुन्।  Advertisement स्रोतका अुनसार उनीहरू सपथका लागि राष्ट्रपति कार्यालय शितल निवास जाँदै छन्।  आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण गर्ने कार्यक्रम छ। देउवाले आज सानो आकारमा मन्त्रिमण्डल बनाउन लागेका छन्। उनीहरूले देउवासँगै मन्त्रीको सपथ लिन लागेका हुन्।  ...
नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली पासपोर्टहरुको सूचीमा, कुन देशको पासपोर्ट कति बलियो?

नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली पासपोर्टहरुको सूचीमा, कुन देशको पासपोर्ट कति बलियो?

देश, समाचार
जुन देशले सबैभन्दा बढी मुलुकमा अन एराइभल भिसा पाउँछ  यसैलाई आधार मान्दै गरिएको सर्वे अनुरूप विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट १०९ औं स्थानमा परेको छ। यसरी विश्व हवाइ यात्रामा अल्पविराम लागेका वेला ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले भने विश्वका सबैभन्दा शक्तिशाली (भ्रमणमैत्री) तथा कम शक्तिशाली पासपोर्टको नामसहित एक प्रतिवेदन सार्वजनिक गरेको छ । Advertisement विश्वभरिका राष्ट्रहरुको पासपोर्टको शक्ति मापन गर्दै आएको ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ अन्तर्राष्ट्रिय हवाइ यातायात आयोगले प्रदान गर्ने तथ्याङ्कमा आधारित छ । यसले आफ्नो अनुसन्धानमा १९९ वटा पासपोर्ट र २२७ भ्रमण गन्तव्यहरुलाई समेटेको छ । विभिन्न देशका भिसा नीतिमा परिवर्तन आउनासाथ यस तथ्याङ्कलाई अद्यावधिक गरिन्छ । यस सूची अनुसार नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली पासपोर्टहरुको सू...
अर्जेन्टिनी मिडफिल्डर स्पेनिस च्याम्पियन एट्लेटिकोमा आवद्ध

अर्जेन्टिनी मिडफिल्डर स्पेनिस च्याम्पियन एट्लेटिकोमा आवद्ध

खेलकुद
स्पेनिस ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडले अर्जेन्टिनी मिडफिल्डर रोद्रिगो डि पाउललाई भित्र्याएको छ।  उनी इटालियन क्लब युडिनेसेबाट ४२  मिलियन अमेरिकी डलरमा एट्लेटिकोमा आबद्ध भएका हुन्। Advertisement एट्लेटिको र डि पाउलबीच पाँच  वर्षको सम्झौता भएको छ।  अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको भोलिपल्ट उनी सन् २०२६ सम्मका लागि एट्लेटिकोमा आबद्ध भएका हुन्।  कोपा अमेरिका २०२१ मा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसपछि उनी एट्लेटिकोको नजरमा परेका थिए।  एट्लेटिकोमा आबद्ध हुन पाउनु खुसीको क्षण भएको उनको भनाइ छ। 'म धेरै खुसी भएको छ, म च्याम्पियनसँग आबद्ध भएको छु र आफ्नो जिम्मेवारीबारे सचेत छु,' डि पाउलले भने।  यसअघि उनले सन् २०१६ देखि युडिनेसेबाट खेलेका थिए। जहाँ उनले १७७ खेलमा ३३ गोल गरे। त...
बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले २ बजे सम्बोधन गर्दै

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले २ बजे सम्बोधन गर्दै

देश, राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। Advertisement प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्। यसैबीच आजै दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिएको नेकपा एमालेको स्थायी समिति बैठक स्थगित भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। ...
देउवा प्रधानमन्त्री बन्नुअघि मन्त्री छान्न आन्तरिक छलफलमा दलहरू

देउवा प्रधानमन्त्री बन्नुअघि मन्त्री छान्न आन्तरिक छलफलमा दलहरू

देश, राजनीति
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि आज विपक्षी गठबन्धनमा रहेका दलहरूले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।  देउवा नेतृत्वको सरकारमा सहभागी हुने/नहुने, भए क-कसलाई मन्त्री बनाउनेबारे उनीहरूको छलफल केन्द्रीत छ। राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चको परमादेशअनुसार आज साँझ ५ बजेसम्म देउवा प्रधानमन्त्री नियुक्त हुनेछन्। उनको सपथको भने टुंगो भइसकेको छैन।  Advertisement सर्वोच्चको फैसलापछि सोमबार अपरान्ह विपक्षी गठबन्धनको बैठक बसेको थियो। नेकपा एमालेका नेता माधवकुमार नेपालको आयोजनामा कोटेश्वरमा बसेको उक्त बैठकमा नेता नेपालले आफूहरू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने जानकारी गराएका थिए। उक्त बैठकले तत्कालका लागि सानो मन्त्रिपरिषद बनाउने पनि निर्णय गरेको थियो। साथै मन्त्रीहरूको नाम दिन ...
१४औं साग २०२३ को मार्चमा पाकिस्तानमा, २७ खेलमा प्रतिस्पर्धा हुने

१४औं साग २०२३ को मार्चमा पाकिस्तानमा, २७ खेलमा प्रतिस्पर्धा हुने

खेलकुद
फाइल तस्बिर : सन् २०१९ मा नेपालमा भएको सागको समापनमा पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिँदै। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४औं दक्षिण एसियाली खेलकुद (साग) सन् २०२३ को मार्चमा पाकिस्तानमा गर्ने निर्णय गरेको छ।  १३औं साग सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजना भएको थियो। १३औं सागको समापनमा १४औं सागका लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो। साग प्रत्येक दुई दुई वर्षमा हुने भए पनि कोभिडका कारण १४औं साग तीन वर्षको अन्तरालमा हुने भएको हो। Advertisement १४ औं सागको आयोजक देश पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्षको अध्यक्षतामा सोमबार भर्चुअल बैठक बसेको थियो।  बैठकमा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सहभागिता जनाएका थिए।   बैठकमा नेपाल र पाकिस्तानसँगै भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटा...
प्रधानमन्त्रीले घोषणा गरेको ५० प्रतिशत जोखिम भत्ता पाएनन् संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले

प्रधानमन्त्रीले घोषणा गरेको ५० प्रतिशत जोखिम भत्ता पाएनन् संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले

समाचार, स्वास्थ्य
गत वैशाख २० गते देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिइने घोषणा गरे।  तर संक्रमितको उपचारमा खटिने धेरैजसो स्वास्थ्यकर्मीले सो भत्ता पाएका छैनन्। काठमाडौंको वीर अस्पतालमा नर्सको रूपमा कार्यरत मुना पोखरेलले आफूले जोखिम भत्ताको नाममा कुनै पनि रकम नपाएको जानकारी दिइन्। Advertisement 'भत्ताको नाममा एक रूपैयाँ पनि पाएको छैन। व्यवस्थापनसँग कुरा हुँदा माथिबाटै बजेट आएको छैन भन्नुहुन्छ,' उनले भनिन्।  पोखरेलका अनुसार उनीसँगै संक्रमितको उपचारमा खटिएका वीर अस्पतालका कुनै पनि स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन्। भत्ता नपाउँदा काम गर्न समेत निरूत्साहित भइने भन्दै उनले भनिन्, 'कुरै भएको थिएन भने वास्तै हुन्न थियो तर दिन्छु भनेप...
माधव नेपालले प्रचण्ड-देउवासँगको बैठकमा भने- अब म विपक्षी गठबन्धनमा रहन्नँ

माधव नेपालले प्रचण्ड-देउवासँगको बैठकमा भने- अब म विपक्षी गठबन्धनमा रहन्नँ

देश, राजनीति
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा नरहने स्पष्ट पारेका छन्। कोटेश्वरस्थित आफ्नै निवासनजिकै बसेको विपक्षी गठबन्धनको बैठकमा वरिष्ठ नेता नेपालले अब आफू फरक भूमिकामा रहने समेत बताएका थिए। Advertisement बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,जसपा अध्यक्षहरू बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित थिए। बैठकमा वरिष्ठ नेता नेपालले सर्वोच्च अदालतको फैसलासँगै सहकार्यको एउटा चरण पूरा भएको बताएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए। 'संविधान, लोकतन्त्र र गणतन्त्रका लागि म गठबन्धनमा आबद्ध भएको हो। प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएको छ। हा...