२०८३ बैशाख २४

Author: Raunak

ओली समूहको सप्तरी संयोजकमा ताराकान्त चौधरी

ओली समूहको सप्तरी संयोजकमा ताराकान्त चौधरी

देश, राजनीति, समाचार
५ माघ, सप्तरी । नेकपा ओली समूहले सप्तरी जिल्ला कमिटीको संयोजकको जिम्मेवारी ताराकान्त चौधरीलाई दिएको छ । संयोजकको जिम्मेवारी पाएका चौधरी पूर्व सांसद हुन् । ओली पक्षीय नेताहरुको हालै बसेको बैठकले जिल्ला संयोजकको जिम्मेवारी चौधरीलाई दिने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य समेत रहेका जिल्ला प्रबक्ता सुखराम यादवले जानकारी दिए । Advertisement सप्तरीका नेकपा अध्यक्ष अशोक मण्डल ‘अमर’ र सचिव गोबिन्द बहादुर न्यौपाने प्रचण्ड–माधव समूहको नेकपामा छन् । ओली समूहले जिल्लामा आफ्नो गतिविधि अगाडि बढाउनुअघि चौधरीलाई संयोजकको जिम्मेवारी दिएको हो । यो पक्षीय नेकपाले आगामी माघ ८ गते राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय इन्चार्ज महेश बस्नेतको अगुवाइमा राजविराजमा मोटरसाइकल र्‍याली र प्रशिक्षण कार्यक्रमको आयोजना गर्दैछ । यस्तै, माघ १३ गते उप प्रधानमन्त्री...
प्रदेश २ सरकारलाई राजेन्द्र महतोको आग्रह : शहीद परिवारको भरणपोषणमा ध्यान दिनुस्

प्रदेश २ सरकारलाई राजेन्द्र महतोको आग्रह : शहीद परिवारको भरणपोषणमा ध्यान दिनुस्

देश, राजनीति, समाचार
५ माघ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले शहीद परिवारको भरणपोषणको व्यवस्था मिलाउन प्रदेश २ सरकारलाई आग्रह गरेका छन् । मधेश आन्दोलनका शहीदकै कारण मुख्यमन्त्री र मन्त्री बनेको भन्दै महतोले शहीद परिवारलाई धोका नदिन आग्रह गरे । Advertisement २०७२ सालको मधेश आन्दोलनका क्रममा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शहीद परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । ‘त्यतिबेला मोर्चामा अहिलेका हाम्रो पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव पनि हुनुहुन्थ्यो’ मधेश बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले सोमबार जनकपुरधाममा गरेको कार्यक्रममा महतोले भने, ‘त्यही शहीदको बलमा मुख्यमन्त्री र मन्त्री बन्नुभएको छ । त्यो घोषणा अनुसार ५० लाखको पूर्ति हुने गरी काम त गर्नुपर्‍यो नि ?’ उनले अघि भने, ‘५० लाख गिन्ती...
मोरङमा निर्वाचनको तयारी

मोरङमा निर्वाचनको तयारी

देश, राजनीति, समाचार
सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ ।  यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बैठक सम्पन्न गरी मतदानका निम्ति सूची र मापदण्ड मोरङका १७ वटै स्थानीय तह र जिल्लास्थित राजनीतिक दललाई आवश्यक सुझावका लागि पठाइसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेशकुमार ठाकुरले बताए ।  Advertisement उनले स्थानीय तह तथा राजनीतिक दलबाट सो सम्बन्धमा आउने सुझावलाई ग्रहण गरी सोहीअनुसार काम गर्दा निर्वाचन सहज हुने धारणा राखे । राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिहरुबाट आउने सुझावलाई परिमार्जन गरेर मतदान केन्द्र र मतदान स्थलको निर्धारण गर्दा निर्वाचनप्रतिको विश्वास बढ्ने, निर्वाचन निष्पक्ष, धाँधलीर...
पिउने पानी दूषित भेटेपछि अदालतमा मुद्दा दायर

पिउने पानी दूषित भेटेपछि अदालतमा मुद्दा दायर

देश, समाचार, सामाजिक
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।  Advertisement पोखरा–१८ भकुण्डेमा अवस्थित सो उद्योगबाट २०७६ साल असोज महिनामा उत्पादित पानीको नमुना लिई प्रयोगशालामा परीक्षण गर्दा कोलीफर्म भेटिएको जानकारी दिँदै कार्यालय प्रमुख शिवजी बरालले शुक्रबार अदालतमा मुद्दा दायर गरिएको बताए । लामो प्रक्रिया एवं परीक्षणका लागि लुम्बिनी प्रदेशको भैरहवामा पठाउनु पर्ने बाध्यता रहेको बताउँदै उनले छिटोछरितो परीक्षण गरी जनस्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्न गण्डकी प्रदेशमा प्रयोगशाला स्थापना गरी सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । भैरहवामा समेत जनशक्तिको अभावका कारण रिपोर्ट आउन ढिलो हुने गरेको स्पष्ट पार्दै प्रमुख बरालले खाद्य ...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ हुँदै

देश, राजनीति, समाचार
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज पनि सुनुवाइ हुँदैछ । आइतबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकिलहरुले बहस गर्ने क्रम जारी रहेकाले लगातार सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखेका थिए । आइतबार रिट निवेदनकर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए । Advertisement बहसका क्रममा पोखरेलले प्रचण्ड र माधव नेपालले असहयोग गरेकै कारण विघटनको अधिकारी प्रधानमन्त्रीमा नरहेको जिकिर गरेका थिए । उनले संसदले विश्वासको मत दिएन भने मात्रै संसद विघटन गर्न सकिने भन्दै त्यसका लागि १४८ दिनसम्म प्रक्रियमा जान समय लाग्ने तर्क गरेका थिए । आचार्यले पनि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नै नसक्ने तर्क गरे । गत १० पुस गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नु...
जङ्गी अड्डा सुरक्षा-व्यवस्थापन केन्द्र सुचारु

जङ्गी अड्डा सुरक्षा-व्यवस्थापन केन्द्र सुचारु

देश, राजनीति, समाचार
प्रधान सेनापति पूर्णचन्द्र थापाले आज जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को समुद्‍घाटन गरेका छन् ।  Advertisement यस्तै बन्दोवस्ती तथा विपदको अवस्थामा  छिटो सूचना प्राप्त गर्न सकिने व्यवस्था समेत गरिएको जनाइएको छ ।  साभार: रातोपाटी
अन्तर्वार्ता दिन हिँडेका युवकको मृत्यु

अन्तर्वार्ता दिन हिँडेका युवकको मृत्यु

देश, समाचार, सामाजिक
४ माघ, विराटनगर । वैदेशिक रोजगारीका लागि अन्तर्वार्ता दिन इटहरी आउँदै गरेका युवकको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मोरङ बेलबारी नगरपालिका– ६ का २४ वर्षीय तीर्थकुमार राईको मृत्यु भएको हो । दुबई प्रहरीका लागि जाने तयारीमा रहेका उनलाई शनिबार इटहरीमा अन्तर्वार्ताका लागि बोलाइएको थियो । माइत जान हिँडेकी भाउजु डोल्मा राई र भतिजी स्वर्णिमा राईलाई सँगै मोटरसाइकलमा लिएर इटहरी आउँदै गरेका तीर्थलाई पूर्व पश्चिम राजमार्गको सुन्दरहरैचा नगरपालिका १० सुकुना खण्डमा भारतीय ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट उनको मृत्यु भयो । उनका भाउजु डोल्मा र भतिजी स्वर्णिमा घाइते छन् । Advertisement शनिबार बिहान करिब साढे १० बजे राई सवार बा ८८ प ४६९६ नम्बरको मोटरसाइकललाई तीब्रगतिमा आउँदै गरेको बीआर ०६ जीडी ५५५२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भ...
निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग सल्लाह

निर्वाचन आयोगद्वारा राजनीतिक दलसँग सल्लाह

देश, राजनीति, समाचार
निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउने उद्देश्यले राय सुझाव लिएको छ । राजनीतिक दलका प्रतिनिधिलाई आयोगमा बोलाएर मतदाता नामावली अद्यावधिक एवं मतदानस्थल र केन्द्र पुुनरालोकनका विषयमा केन्द्रित रहेर सुुझाव लिइएको हो । मुुलुकका ७५३ वटै पालिकामा यही माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली  अद्यावधिक गरिँदैछ । केन्द्र, प्रदेश र स्थानीय तहका राजनीतिक दलका समितिको उल्लेख्य सहयोग, समन्वय र सहभागिताका लागि आवश्यक निर्देशनको अपेक्षा राख्दै आयोगले राजनीतिक दललाई यसअघि नै पत्राचार गरिसकेको छ । Advertisement आयोगका अनुुसार माघ १५ गते कार्यक्रमको सूूचनासहित मतदाता नामावली प्रकाशन गर्ने, कुुनै नाम वा विवरण त्रुुटि भएमा सच्च्याउन १६ र १७  गते  ...
ओलीले जनताको ढाड भाँच्ने काम गरे : मन्त्री यादव

ओलीले जनताको ढाड भाँच्ने काम गरे : मन्त्री यादव

देश, राजनीति, समाचार
जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको ढाड भाँच्ने काम गरेको बताएका छन् । उनले संविधान विपरित संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको पनि दावी गरे । जनताको सर्वोच्च जनप्रतिधि संस्था प्रतिनिधि सभा विघटन गरेर जनताले तिरेको करमाथि ओलीले मनोमानी गरिरहेको मन्त्री यादवको भनाइ छ । Advertisement आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकाको न्यायीक समितिको इजलाशकक्ष उद्घाटन गर्दै मन्त्री यादवले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई अराजकतातर्फ धकेलेको तथा मुलुक र जनताले पीडा भोग्नुपरिरहेको पनि बताए । ‘संघीयतालाई मजबुत गर्नुपर्ने बेलामा कमजोर पार्ने र जनताको जनजीवीकालाई सहज तुल्याउनुपर्ने बेलामा जनताकै ढाड भाँच्ने गरि करोडौको रकम दुरुपयोग गर्र्ने कार्य गर्नु निन्दनीय विषय हो’, म...
कालीमाटी तरकारी बजारको वेबसाइट ह्याक

कालीमाटी तरकारी बजारको वेबसाइट ह्याक

देश, समाचार
४ माघ, काठमाडौं । कालिकाटी फलफूल तथा तरकारी बजार विकास समितिको आधिकारिक वेबपोर्टल ह्याक भएको छ । ह्याकरहरुका कारण वेबसाइटमा आउन चाहने ट्राफिक अर्कै साइटमा पुग्ने गरेको समितिका सूचना अधिकारी बिनय श्रेष्ठले बताए । ‘साइट ह्याक भएको केही समय भयो, कालीमाटी बजारको सबै सूचना उपभोक्ताले पाएका छैनन्, सूचना हेर्न आउने ग्रहकहरु डाइभर्ट भएर अन्तै पुग्ने गरेका छन्,’ सूचना अधिकारी श्रेष्ठले भने । Advertisement वेबसाइट ह्याक हुँदा बजारमा पाइने तरकारी तथा फलफूलका साथै व्यवसायी सूचना उपलब्ध गराउन नसकिएको बजार विकास समितिले जनाएको छ । अस्थायी प्रयोजनका लागि तत्काल नयाँ साइट बनाए पनि अझै प्रभावकारी ढंगले प्रयोगमा आउन नसकेको समितिले जनाएको छ । Credit: OnlineKhabar ...