२०८३ बैशाख २५

Author: Raunak

सपनालाई धम्की दिने विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा

सपनालाई धम्की दिने विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा

देश, समाचार, सामाजिक
१३ फागुन, काठमाडौं । बेवारिसे शव जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ । विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो । Advertisement काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृतका अनुसार विनयजंगको मोबाइलमा सपनाको केही गोप्य तस्वीरहरु भेटिएका छन् । यद्यपि, त्यो तस्वीर कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । त्यसका लागि प्रहरीले विनयको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले भने घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गर्दै तस्वीरबारे बताएनन् । यद्...
नेपालगञ्ज विमानस्थलमा शुक्रबार वृहत आपतकालीन पूर्वअभ्यास

नेपालगञ्ज विमानस्थलमा शुक्रबार वृहत आपतकालीन पूर्वअभ्यास

देश, समाचार
१३ फागुन, काठमाडौं । नेपालका आन्तरिक विमानस्थलमध्ये नेपालगन्जमा वृहत आपतकालिन पूर्वअभ्यास गरिने भएको छ । विमानस्थल क्षेत्र भित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस प्रकारको काम गरिन्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर शुक्रबार १० देखि साढे १० बजेको बीचमा विमानस्थलमा यस्तो अभ्यास गर्न लागिएको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार यो अवधिमा विमानस्थल बन्द हुनेछ । Advertisement फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा आउनेछन् । एम्बुलेन्स तथा दमकलसमेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यान गर्न लागिएको हो । विमानस्थल प्रमुख ठाकुरका अनुसार काठमाडौंमा यस प्रकारको अभ्यास नियमि...
ग्वार्कोमा फ्लाइओभर, एकान्तकुना र सातदोबाटोमा अन्डरपास बनाउनुपर्ने

ग्वार्कोमा फ्लाइओभर, एकान्तकुना र सातदोबाटोमा अन्डरपास बनाउनुपर्ने

देश, समाचार
१३ फागुन, काठमाडौं । काठमाडौंका तीन ठाउँमा फ्लाइओभर/अन्डरपास बनाउन डिटेल डिजाइनको काम चलिरहेको छ । त्यसमध्ये चक्रपथको ग्वार्को चोकमा फ्लाइओभर तथा सातदोबाटो चोक र एकान्तकुना चोकमा अन्डरपासको अध्ययन भइरहेको छ । विभागले परामर्शदाता कम्पनी छनोट गरेर डिजाइनसहित लागत अनुमान तयार गर्न लागेको छ । सडक विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीका अनुसार परामर्शदाता कम्पनीले विभिन्न विकल्पसहित दिएको प्रारम्भिक रिपोर्टका आधारमा ग्वार्को चोकमा फ्लाइओभर र सातदोबाटो चोक र एकान्तकुना चोकमा अन्डरपासको संरचना बनाउन अध्ययन भइरहेको छ । अन्तिम रिपोर्ट नआएकाले ती स्थानहरुमा कस्ता प्रकृतिका पूर्वाधार बनाउन सकिन्छ भनेर एकीन भने भइनसकेको उनको भनाइ छ । Advertisement ‘प्रारम्भिक प्रतिवेदनका आधारमा ग्वार्को फ्लाइओभरमा यसैवर्षमा टेन्डर गर्न सकिन्...
कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

कञ्चनपुरमा छतबाट लडेर एक विद्यार्थीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भरतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  Advertisement ‘मादक पदार्थ सेवन गरेर छतबाट लडेर बिहान मृत्यु भएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “घरबेटीले लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।” प्रहरीले मृतकको घटनास्थल सिल गरेर शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याएको छ । साभार: रातोपाटी ...
४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । नेपालमा ४ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप लगाएका छन् । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउनेको संख्या ४ लाख २९ हजार ७ सय ५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या पहिलो प्राथमिकतामा परेकाहरुले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकाहरुको हो । पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी तथा अग्रपंक्तिमा खटिएकाले २४ गतेसम्म खोप लगाएका थिए । Advertisement त्यस्तै पहिलो प्राथमिकताको दोस्रो चरणमा पत्रकार, कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइएको थियो । उनीहरुले माघ २६ देखि ३० गतेसम्म खोप लगाएका थिए । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ देखि १० गतेसम्म खोप दिइएको मन्त्रालयले जनाएको छ । पहिलो चरणको पहिलो प्राथमिकतामा परेका २ लाख २१ हजार ७ स...
अब जुन दिन सरकार बन्छ, दिनगन्ती शुरु हुन्छः महन्थ ठाकुर

अब जुन दिन सरकार बन्छ, दिनगन्ती शुरु हुन्छः महन्थ ठाकुर

देश, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट असफल  भएको दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादतर्फ संकेत गर्दै ठाकुरले भने– ‘कम्युनिष्टले आफ्नो पार्टी र सरकारको पनि रक्षा गर्न सकेन ।’  बुधवार जसपाको भातृसंगठन राष्ट्रिय विद्यार्थी संघले काठमाडौंको कालिकास्थानमा आयोजना गरेको कार्यक्रममा बोल्दै ठाकुरले प्रतिनिधिसभाको पुनर्बहालीसँगै अस्थायी सरकार मात्र बन्ने बताए ।  ‘अब, जुन दिन सरकार बन्छ उसको दिनगन्ती शुरु हुन्छ’ ठाकुरले भने–‘एउटा शक्ति असफल भयो तर उसले सरकार छाड्न चाहेको छैन ।’  Advertisement सशस्त्र द्वन्द गर्नेहरु देशको मन्त्री भएको बताउँदै रेशम चौधरी र मधेश आन्दोलनका आफ्ना नेता कार्यकर्तालाई जेलबाट नछाडेकोमा उनले आक्रोश व्यक्त गरेका छन् ।  ‘अत्याचार भएको छ’ ठाकुर भन्छन्–‘गोली चलाउनेहरूको प्रमोशन भएको छ,...
‘सर्वोच्चको फैसला संविधान र संविधानवादको संरक्षणमा कोशेढुंगा’

‘सर्वोच्चको फैसला संविधान र संविधानवादको संरक्षणमा कोशेढुंगा’

देश, राजनीति, समाचार
१२ फागुन, काठमाडौं । संविधान निगरानी समूहले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला संविधान र संविधानवादको संरक्षणमा कोशेढुंगा भएको बताएको छ । बुधबार एक विज्ञप्ति जारी गरी निगरानी समूहले सर्वोच्चको फैसलाले नेपालको संविधान कार्यान्वयनको मूल मार्गमा देखा परेको व्यवधान हट्न गएको र संविधानको अक्षर एवं भावनाअनुसार अग्रगति प्रदान गर्न महत्वपूर्ण अवसर प्राप्त भएको ठहर गरेको छ । Advertisement उक्त समूहले संघीय संसद, संवैधानिक अंगलगायत संविधान बमोजिम स्थापित सबै अंगलाई संविधानको अक्षर र भावना आत्मसात गर्न आह्वान गरेको छ । संसदीय प्रक्रियाको नाममा सत्ता आरोहण र अवरोहणको खेलमा सीमित रही जनतामा निराशा छाउने कुनै पनि काम नगर्न पनि समूहले खबरदारी गरेको छ । ‘संविधान जारी हुँदैमा र संसद स्थापित हुँदैमा लोकतन्त्र र संविधानवादको स्वतः कार्यान्वयन नहुने हु...
प्रचण्ड–माधव समूहका सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन

प्रचण्ड–माधव समूहका सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन

राजनीति, समाचार
१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुलाई राजधानी उपत्यका नछोड्ने निर्देशन दिइएको छ । सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन् । उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी दिन पनि निर्देशन दिइएको छ । उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाइएको छ । अनौपचारिक भनिएको बैठकमा ८० जनाको हाराहारीमा प्रतिनिधिसभा सदस्यहरु सहभागी भएका थिए । आजको बैठकमा आइनपुगेका अरु सांसदहरुलाई तत्काल उपत्यका बोलाइएको हो । Advertisement मंगलबार संसद् पुनर्स्थाना भएपछि चितवनमा रहेका प्रचण्ड र माधव नेपाल कार्यक्रम नै छोडेर काठमाडौं आएका थिए । काठमाडौ आए लगत्तै दुई अध्यक्षले भेटवार्ता र गतिविधि तीव्र पारेका छन् । बुढानीलकण्ठ नै पुगेर नेपाली का...
प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सुरेन्द्र पाण्डे

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सुरेन्द्र पाण्डे

देश, राजनीति, समाचार
१२ फागुन, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताएका छन् । प्रचण्ड–माधव समूहले चितवनको भरतपुरमा बुधबार आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले संसद पुनर्स्थापना भइसकेकोले प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने बताए । Advertisement पार्टीभित्र भ्रममा परेका, लोभ र डरमा परेर ओली पक्षमा लागेका नेता कार्यकर्तालाई मुल घरमा नै फर्किए कसैलाई पनि पूर्वाग्रह नराखिने उनको भनाइ थियो । सर्वोच्चको फैसलाले नयाँ सम्भावना र आशाको ढोका उघारेको भन्दै नेता पाण्डेले भने, ‘नयाँ विश्वास र आत्मबल सञ्चारित भएको छ, न्यायलयले संविधानको रक्षा गरेको छ ।’ फरक प्रसंगमा नेता पाण्डेले अब बन्ने सरकारले वृद्धभत्ता बढाएर ५ हजार पुर्‍याउ...
एसईई जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी

एसईई जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी

देश, शिक्षा, समाचार
१२ फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ । शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा जुटेको हो । Advertisement परीक्षा नियन्त्रक रामराज खकुरेलले जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारीमा जुटेको बताए । उनले भने, ‘बोर्डले मिति तय गरेको छैन । तर, जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारी थालेका छौं ।’ सरकारले फागुन ३ गते राजपत्रमा सूचना जारी गरी शिक्षा ऐन जारी नभएसम्म एसईई सञ्चालनको अधिकार बोर्डलाई नै दिएको छ । परीक्षा संचालनको अधिकार प्राप्त गरेपछि बोर्डले यस ...