२०८१ बैशाख १४

लिवर्टी इनर्जीको शेयरमा देखियो लगानीकर्ताको आकर्षण

साभार: रातोपाटी

काठमाडौं । लिवर्टी इनर्जीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार कार्यालय समयसम्म आवेदन दिने म्यादसम्ममा १ लाख ८६ हजार आवेदकले ७१ लाख ६८ हजार १ सय १० कित्ताका लागि आवेदन गरेको बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलले जनाएको छ । 


Advertisement


लिबर्टीको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर अघिल्लो साता बुधबारदेखि बिक्रीका लागि खुला गरिएको थियो । 

यो कम्पनीले अहिले बडिगाडखोलामा २४.६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । त्यस्तै, लमजुङको लोदोखोला साना जलविद्युत् आयोजनामा १.६ मेगावाटको आयोजना समेत निर्माण गरिरहेको छ । दुवै आयोजनाको औसत प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैंया रहेको सो कम्पनीले जनाएको छ । यो लागत अन्य हाइड्रोपावरको तुलनामा औसत हो । 

कम्पनीले गरेको लगानी ८ वर्षमा फिर्ता भइसक्ने जनाइएको छ । अघिल्लो वर्ष प्रतिशेयर नेटवर्थ १ सय रुपैंया रहेको सो कम्पनीको शेयरमूल्य १ सय देखि ३ सय रुपैंयासम्ममा पहिलो कारोबार हुनेछ । 

Copy link
Powered by Social Snap