


अर्घाखाँचीमा तीन दिनदेखि बेपत्ता एक जना पुरुष आज मृतावस्थामा फेला परेका छन् । तीन दिनदेखि बेपत्ता सन्धिखर्क नगरपालिका–१ हस्पिटल लाइनका ५५ वर्षीय लक्ष्मण न्यौपाने मृत फेला परेको प्रहरीले जनाएको छ ।
Advertisement




आइतबारर दिउँसो घरबाट निस्किएका न्यौपानेको शव बाँगी खोलाको सोन्ठेमा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
घरबाट निस्किएर बेपत्ता भएका उनको खोजी गर्दा बाँगी खोलामा पानीमा डुबिरहेको अवस्थामा प्रहरीले शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनारायण गुप्ताले बताए ।
साभार: रातोपाटी


