२०८१ जेष्ठ ३

अन्तत: सचिवालय बैठक बालुवाटारमा मै हुने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बालुवाटारमा नै बस्ने भएको छ । यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराईमा बस्ने तय गरेको थियो । 


Advertisement


तर, अन्तिम समयमा बैठकलाई पुनः प्रधानमन्त्री निवास बालुवाटारमा नै सारिएको हो । बैठक आज एक बजे बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap