


आज सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगर तर्फबाट कार्यसमिति सदस्यमा गोपाल केडीया निर्वाचित हुनुभएको छ। वीरगञ्जका व्यवसायी तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडीया निर्वाचित हुनुभएको छ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । उनी वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधानको प्यानलबाट निर्वाचित भएका हुन् ।उनले ५८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वीले ४७ मत प्राप्त गरे ।
Advertisement




सकारात्मक युथ मिडिया नेटवर्कको तर्फ बाट सफल कार्यकालको शुभकामना


