२०८१ बैशाख १९

गोपाल केडीया जिल्ला नगर तर्फबाट कार्यसमिति सदस्यमा निर्वाचित

वीरगञ्ज | आज सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जिल्ला नगर तर्फबाट कार्यसमिति सदस्यमा गोपाल केडीया निर्वाचित हुनुभएको छ। वीरगञ्जका व्यवसायी तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडीया निर्वाचित हुनुभएको छ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । उनी वरिष्ठ उपाध्यक्षका उमेदवार किशोर प्रधानको प्यानलबाट निर्वाचित भएका हुन् ।उनले ५८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वीले ४७ मत प्राप्त गरे ।

Advertisement

जिल्ला नगरबाट कार्यसमिति सदस्यमा निर्वाचित हुनेमा अमृत भट्टचन, अरुणराज सुमार्गी, उमेश डालमीया, कमलकुमार श्रेष्ठ, कमानबहादुर खड्का रहेका छन् । यस्तै किशोरकुमार आचार्य, कुविरकुमार श्रेष्ठ, गजेन्द्रकुमार भगत, गोपाल केडिया, चक्रबहादुर अधिकारी, डीबी बस्नेत, तारानाथ घिमिरे, देवकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।यसैगरी महेन्द्रकुमार श्रेष्ठ, राजन श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल र सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।

Copy link
Powered by Social Snap