२०८१ श्रावण १२

आजको मौसम पूर्वानुमान

साभार: रातोपाटी

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको छ। 

यसैगरी, हाल  देशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ । 


Advertisement


यस्तै, आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । 

भने, राति प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा  हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।

Copy link
Powered by Social Snap