२०८१ बैशाख ११

नेपाल र इजरायलबीच ‘जीटूजी’ श्रम सम्झौता हुने, महिलालाई अवसर

साभार: रातोपाटी

नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद‍्को बैठकले इजरायलका लागि नेपाली राजदूत अन्जन शाक्यलाई नेपाल सरकारको तर्फबाट इजरायल सरकारसँग श्रम सम्झौता गर्न अनुमति दिने निर्णय गरेको  छ ।


Advertisement


जीटूजी सम्झौतामार्फत इजरायलमा केयर गिभरका काममा लागि महिला कामदारलाई पठाइने सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

 सरकारमार्फत गएका नेपाली कामदारलाई त्यहाँका कामदारले झै समान तलब सुविधा हुने उनले बताए ।

Copy link
Powered by Social Snap