२०८१ बैशाख ८

नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी सञ्चालनमा

साभार: रातोपाटी

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।  नारायणगढ–मुग्लिन सडकखण्डको  इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा  आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । अहिले सडक दुइतर्फी खुलाउने  प्रयास भइरहेको उनले बताए । 


Advertisement


यसैबीच मुग्लिन–नौबिसे सडकखण्ड पनि एकतर्फी मात्र सञ्चलानमा छ । यस सडकखण्ड अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित बाँदरेभीर भन्ने स्थानमा  पहाडबाट लेदो झर्दा सडक एकतर्फी मात्र सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मझिमटार धादिङले जनाएको छ । अहिले सडक दुइतर्फी सञ्चलानमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सो स्थानमा यसअघि पटकपटक पहिरो खस्ने गरेको थियो ।

Copy link
Powered by Social Snap