२०८३ कार्तिक १२

एकदिनमा सर्वाधिक एस.ई.ई विद्यार्थीको प्रवेश परिक्षा लिन मनास्लु वल्र्ड कलेज सफल

मनास्लु वर्ल्ड कलेज द्वारा पहिलो चरण अन्तर्गत २०७७ असोज ३ गते शनिवारको दिन अनलाइनको माध्यम बाट लिइएको प्रवेश परीक्षामा उत्साहजनक बिध्यार्थीहरु सहभागी भएका छन।यस मिति अनुसार मनास्लु वल्र्ड कलेज ले सर्वाधिक विधार्थी को परिक्षा लिन सफल भएको छ ।

देशभर बाट विभिन्न संकायमा ५६७ जना बिध्यार्थीहरु सहभागी भएकोमा ४९४ जना बिध्यार्थीहरुले प्रवेश परीक्षा पास गर्न सफल भएका छन। उतीर्ण हुने बिध्यार्थीहरु मध्ये विज्ञान संकायमा १९६ जना,व्यवस्थापन संकायमा २१६ जना ,मानविकी संकायमा ४७ जना र कानुनी संकायमा ३५ जना बिध्यार्थीहरु रहेका छन।


Advertisement


पहिलो चरण अन्तर्गत लिइएको प्रवेश परीक्षामा उतीर्ण भएका बिधार्थीहरु मध्ये १०० जना बिध्यार्थीहरुलाई उनीहरुले प्राप्त गरेको प्राप्ताङ्गको आधारमा पूर्ण तथा आंसिक छात्रवृत्ति प्रदान गरिने मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले बताए।

पूर्ण तथा आंसिक छात्रवृत्ति प्राप्त गर्नको लागि बिध्यार्थीहरुले अभिभावक सहित कलेज प्रशासन छात्रवृत्ति शाखामा साथै प्रवेश परीक्षाको नतिजा थाहा पाउनको लागि कलेजमा आएर अथवा ९८०१३६२३८३ र ९८०१३६२३८७ सम्पर्क गर्न सकिने कलेजका प्रिन्सिपल राजन श्रेष्ठ ले बताए।

त्यसै गरि दोश्रो चरणको प्रवेश परीक्षा यहि असोज ७ गते बुधबारका दिन बिहान ११:०० देखि ११:३० बजे सम्म संचालन हुने प्रिन्सिपल श्रेष्ठले जानकारी दिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap