![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/SHIVAM-AD-1.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2022/08/Sital-Niwas-Rastrapati-Karyalaya1625839477-2-1024x597.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट मन्त्री नियुक्त हुनुभएका वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज हुने भएको छ ।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2023/11/11327200.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/05/B5AA0DF8-9A1C-49D0-AADF-7BA6264F1F8A.gif)
दुवैजनाले राष्ट्रपति कार्यालयमा आज बिहान शपथग्रहणको कार्यक्रम राखिएको जसपाले जनाएको छ । मङ्गलबार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएको हो । योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)