२०८१ बैशाख २०

सामाजिक जागरण सम्मान बमकुमारी बुढामगरलाई प्रदान गरिने




आदिवासी समुदायको चेतना विस्तारमा अभियान चलाउनुभएकी बमकुमारी बुढामगर (रोल्पा)लाई शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान प्रदान गरिने भएको छ ।


Advertisement


शब्दयात्रा प्रकाशनले उहाँलाई विसं २०८० को सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सामाजिक अभियानकर्मीका रूपमा आजीवन सक्रिय रही आदिवासी समुदायमा चेतना विस्तार, समग्र नेपाली जनताको उत्थान र प्रगति, मानवअधिकार, महिला सशक्तीकरण, लोकसंस्कृतिको संरक्षण, लेखन–प्रकाशन, नृवंशविज्ञानसँग सम्बन्धित सङ्ग्रहालयजस्ता कार्यबाट सामाजिक जागरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकामा बुढामगरमा उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले राससलाई जानकारी दिनुभयो ।



यो सम्मान शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गरिन्छ । शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहेको तीन सदस्यीय समितिले उक्त निर्णय गरेको हो । उक्त सम्मानका लागि आर्थिक व्यवस्थापन आनन्दराज श्रेष्ठले गर्नुभएको छ ।

Copy link
Powered by Social Snap