२०८१ बैशाख २१

उपल्लो डोल्पामा विकास ,निर्माणका कामहरु सूचारु




जाजरकोट , १९ वैशाख ः चिसो मौसम कारण उपल्लो डोल्पा छोडेका सर्वसाधारण तथा कर्मचारीहरु फर्कीएपछि उपल्लो डोल्पामा विकास ,निर्माणका कामहरु सूचारु भएका छन् ।
सदरमुकाम दुनैबाट निर्माणका सामग्रीहरु घोडा, खच्चडमा बोकाएर उपल्लो डोल्पा लिएर निर्माणका कामहरु सुरु भएको शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव शर्मा न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसारका नयाँ आएका कर्मचारीहरु देखि सबै जनशक्ति पालिकामा केन्द्रीत भइसकेकोले अहिले कामलाई व्यापक बनाएको छ ।


Advertisement



पालिकामा विकास निर्माणको अनुगमण तथा निरीक्षण हुनुका साथै केही योजनाको भुक्तानी दिने काम समेत भएको उनले बताए । मंसिर देखि चैतको पहिलो हप्ता सम्म उपल्लो डोल्पामा विकास निर्माणका कामहरु ठप्प हुँदै आएका छन् । चिसो मौसमका साथै हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था नभएपछि बिकास निर्माणका कामहरु रोकिने गरेका हुन् । सो समयमा विकास निर्माणका कामका साथै खोप सेवा समेत उपल्लो डोल्पामा प्रभावित हुने गरेको छ । अहिले पनि पालिकामा जानका लागि अग्ला ,अग्ला भारी हिउँ भएका हिमालहरु काटेर जानुपरेको कर्मचारीहरु बताउँछन् ।




त्यस्तै डोल्पोबुद्ध गाउँपालिकामा समेत विकास निर्माणका कामहरुलाई तिब्रता दिने काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देबकोटाले बताउनुभयो । उनले केही योजनामा बजेट थप्नका लागि जनप्रतिनिधिहरु संघीय राजधानी काठमाडौँ , प्रदेश राजधानी सुर्खेत लगाएतका ठाउँमा समेत गएर फर्केने क्रम्मा रहेको उनले बताए । डोल्पोबुद्ध गाउँपालिकामा दुनै ल्यासिक्याप सडक निर्माणमा ढिला हुँदा दैनिक निर्माणका सामग्रीहरु लिन मुस्किल हुने गरेको छ । आन्तरिक आम्दानी अत्यन्तै कम रहेको डोल्पोबुद्धमा खानेपानी , सिँचाइ , भौतिक संरचना निर्माणमा समेत समस्या हुँदै आएको छ । विकास निर्माणका सामग्री ढुवानी गर्दा सामग्रीको मूल्य भन्दा ढुवानी भाडा बढी लाग्ने भएकाले तोकिएको मापदण्डमा काम गर्न यहाँ चुनौति हुँदै आएको छ ।


सडक सञ्जालसँग नजोडिएका कारण यहाँ सबै सामग्री पाउन मुस्किल भएको छ । यहाँका सर्वसाधारणहरुको आम्दानीको स्रोत भनेको स्थानीय रुपमा उत्पादन हुने जडीवुटी हो । जडीवुटी बिक्री गरेर दैनिक घर व्यवहार चलाउनु पर्ने हुन्छ । कर्मचारीहरु कार्यक्षेत्रमा खटिन समेत मुस्किल रहदै आएको छ । स्थानीय भाषा , संस्कार र शैलि कर्मचारीसँग नमिल्दा यहाँ कार्यरत कर्मचारीहरु स्थानीय संस्कारमा रुपान्तरण हुन समय लाग्ने गरेको छ ।

Copy link
Powered by Social Snap