२०८१ बैशाख २३

वर्षा भएपछि किसान उत्साहित




लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीबार सदरमुकाम फुङ्लिङ बजारमा आइपुग्नुभयो ।


Advertisement


कात्तिकको तेस्रो सातादेखि उहाँ प्राय अलैँची बगनामै बिहानदेखि बेलुकासम्म अलैँची बगानमै व्यस्त हुने गरे पनि गत सातादेखि दैनिकजसो साँझ–बिहान वर्षा भएसँगै उहाँलाई फुर्सत मिलेकाले अहिले सदरमुकाम आउनुभएको हो । सोही गाउँका बसन्त फेम्बू पनि अहिले फुर्ददिलो हुनुभएको छ । नियमित वर्षा हुन थालेसँगै पानी पटाउन नपरेकाले आफूलाई पनि फुर्सत मिलेको उहाँले बताउनुभयो ।
पहाडी क्षेत्रका किसान अहिले अन्न छर्न व्यस्त छन् । विशेष गरेर फागुन तेस्रो सातादेखि वैशाखसम्म मकै रोप्ने गरिन्छ। पहाडी क्षेत्रको मुख्य बाली मकै हो ।



मकै रोप्ने समय साँझ बिहान वर्षा हुन थालेसँगै यहाँका किसानमा ठूलो राहात मिलेको सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खेका रणबहादुर लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो,“मकै रोप्ने समयमा वर्षा हुनथालेको छ । यसवर्ष राम्रो अन्न उत्पादन होलाजस्तो छ ।” लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएपछि चिन्तित हुनुभएका मेरिङदेन गाउँपाकिाका–६का विमना लिम्बू पनि वर्षा भएकाले अहिले भने उत्साहित हुनुभएको छ ।

लामो समयसम्म सुख्खा मौसम रहेसँगै पछिलो समयमा वर्षा हुन सुरु भएकाले यहाँका किसान भने खुशी भएका छन् । हिउँदेबालीमा सिँचाइ पुगेकाले अन्न उत्पादनमा कमी नहुने फक्ताङलुङ गाउँपालिका–६ विर्ख लिम्बूको भनाइ थियो । लामो समयसम्म वर्षा नहँुदा हिउँदेबाली लगाउन किसान निकै चिन्तित भएकामा अलिक ढिलो भए पनि वर्षा भएकाले चिन्ता उत्साहामा रुपान्तरण भएको किसान उहाँले बताउनुभयो । लामो समयसम्म हिमपात र वर्षा नहँुदा पशुचौपायको आहारामा समेत समस्या हँुदै आएको थियो । सुख्खा समयमा घाँसपात सबै सुकेर गएसँगै पशुपालकहरुलाई सास्ती खेप्नु परेको थियो ।

विगतका वर्षहरुमा समयमै हिमपात र वर्षा भएकामा यस वर्ष भने हिमाली क्षेत्रमा खासै हिमपात र वर्षा पनि भएन । हिमपात र वर्षा नहँुदा चौँरी–याक पालकलाई निकै चिन्ता भएको याक पालक फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँका ढावा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो “हिमपात र वर्षा नहँुदा याकका लागि चरनसमेत अभव हुँदै गएको थियो । पानीका मूलसमेत सुक्ने हो की भन्ने चिन्ता लागेको थियो तर अगाडिको जस्तो हिउँ यसपाली परेन ।” वर्षा हुन थालेसँगै हरियो घाँसपात उम्रने भएकाले पशुपालक पनि उत्साहित भएका हुन् । पछिल्लो समय वर्षा हुन थालेसँगै धुलाम्मे बाटोमा यात्रा गर्ने यात्रुहरुलाई सास्तीखेप्नु नपरेको गाडी चालक ज्ञानेन्द्र केदेमले बताउनुभयो ।

Copy link
Powered by Social Snap