२०८१ बैशाख १४

रघुराम राजनको टिप्पणी- भारतीय अर्थतन्त्रमा गम्भीर संकट आउन सक्छ

Credit: CLICKMANDU

काठमाडौं । चर्चित अर्थशास्त्री एवम् भारतको केन्द्रीय बैंक आरबीआईका पूर्व गभर्नर रघुराम राजनले भारतको अर्थव्यवस्थमा गम्भीर संकट आउन सक्ने चेतावनी दिएका छन् ।

कोरोनाका कारण भारतको कूल ग्राहस्थ उत्पादन (जिडिपी)मा झण्डै २४ प्रतिशतको गिरावट आएको तथ्यांक सार्वजनिक भए लगत्तै पूर्व गभर्नर राजनले हर कोही सावधान हुनुपर्ने अवस्था आएको बताएका हुन् ।

उनले कोरोना प्रभावित जनता र समग्र क्षेत्रलाई राहतको जरुरी रहेको बताएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार साना कम्पनीको आय तथा पछिल्ला वर्षहरुमा लगाइएको जिएसटी भुझानीको आधारमा छुट दिनु जरुरी रहेको समेत उल्लेख गरे ।

भारतीय जिडिपीमा आएको गिरावटलाई केन्द्रमा राखेर सोही विषयमा सबै केन्द्रित हुनुपर्ने राजनको भनाइ छ ।

सामाजिक सञ्जाल लिक्डइनमा राखिएको पोष्टमा उनले भनेका छन् कि अनोपचारिक क्षेत्रमा भएको नोक्सानीको समेत समावेश गर्नुपर्ने छ । त्यसो गरिएको खण्डमा अर्थतन्त्रको गिरावटको मात्रा अझै बढी हुन सक्ने उनले स्पष्ट पारे ।

कोरोना कहरका कारण उत्पन्न भएको परिस्थितीले समस्या झन् विकराल बन्दै गएको र त्यसले समग्र अर्थतन्त्रलाई नकारात्मक दिशामा लगेका उनको टिप्पणी छ ।

उनले भारतीय अर्थतन्त्र अमेरिका र इटालीको भन्दा पनि धेरै प्रभावित भएको डरलाग्दो तथ्य देखाएका छन् ।

कोरोनाका कारण चीन बाहेक अन्य देशको आर्थिक वृद्धिदर ऋणात्मक भएको छ । चीन मात्रै त्यस्तो देश हो जहाँ कोरोना भाइरसको उद्गम स्थल भएपनि उसले अर्थतन्त्रलाई समस्यामा पर्न दिएको छैन । अन्य देशको अर्थतन्त्र भने क्रमशः ओरालो यात्रा तय गरेका छन् ।

कोरोनाले समग्र अर्थतन्त्र त्यसमा पनि भारतको अवस्था झनै भयावह हुने आकलन गरेका हुन् ।

सरकारी अधिकारीले पछिल्लो अवस्थालाई गम्भीरतापूर्वक नलिएकामा आपत्ति जनाएका छन् र भनेका छन् ‘ उनीहरुले कोरोना भाइरसमा नियन्त्रण भएपछि राहत प्याकेज दिन्छौं भनेर प्रतिक्षामा रहेका छन् । त्यत्तिबेलासम्म अर्थतन्त्रमा निकै ठूलो क्षति भइसकेको हुनेछ ।’


Advertisement


राजनले अर्थतन्त्रलाई एक बिरामीको रुपमा हेर्दा उसलाई निरन्तर उपचारको आवश्यकता पर्ने र त्यसमा कडा कदमको जरुरी रहेको बताए ।

कोरोना कारण समस्या परेको क्षेत्रलाई दिइएको राहत नोक्सानीको तुलनामा असाध्यै कम भएको राजनले बताएका छन् । उनले कोरोना कहरले अति प्रभावित भनिएको इटालीको अर्थतन्त्र १२.४ प्रतिशतले गिरावट आएको छ ।

यस्तै अमेरिकी अर्थतन्त्र ९.५ प्रतिशतले ओरालो लागेको छ । उनले यी तथ्य पेश गर्दै भनेका छन् ‘ भारतको अर्थतन्त्र इटाली र अमेरिकाको तुलनामा अझै धेरै भयावह भएर तल जान सक्छ ।’

भारतमा कोराना भाइरसको संक्रमणको मामिला अझै बढ्दै जाने देखिएको छ । दैनिक जसो नै कोरोना भाइरसको बिरामी ९० हजारको दरले बढीरहेको छ ।

कूल १ अर्ब ३५ करोड जनसंख्या भएको भारतमा दैनिक जसो नै भाइरस संक्रमितको संख्यामा बढोत्तरी भइरहेको छ । ब्राजिल पछि भारत सबैभन्दा संक्रमित हुने देशमा अगाडि आएको छ ।

उनले रेष्टुरा जस्ता गैर अत्यावश्यक क्षेत्रमा हुने खर्च समेत असाध्यै सुस्त हुने छ । यस्ता सेवामा जोडिएका कर्मचारीमा असर पर्नेछ ।

उनले भनेका छन् यस्तो अवस्थामा सरकारबाट प्राप्त हुने राहत ज्यादै महत्वपूर्ण हुन जान्छ ।

उनले भनेका छन् कि सरकारले प्रदान गरेको राहत असाध्यै कम रहेको छ । हुन सक्छ, सरकारले आगामी दिनमा राहत दिनका लागि स्रोतको जोगाड गरिरहेको छ ।

सरकारले बढी भन्दा बढी कदम चाल्नुपर्नेछ । अर्थात् बढी भन्दा बढी खर्च समेत गर्नुपर्नेछ । तर शुरुवाती चरणबाटै सरकार चुपचाप बसीरहेको छ ।

उनले निजी क्षेत्रलाई मद्दत गर्नु जरुरी रहेको बताएका छन् । अमेजन, रिलायन्स तथा वालमार्ट जस्ता कम्पनीले साना साना आपूर्तिकर्तालाई मद्दत गर्न सक्छन् । सबल कम्पनीले केही सहयोग गर्न सक्छन्, उनीहरुलाई प्रोत्साहनको जरुरी छ ।

Copy link
Powered by Social Snap