२०८१ बैशाख ७

फिल्म ‘ढोका’मा कोरोनाको कथा

साभार: रातोपाटी

काठमाडौं । ‘बरु वनको बाघले खाओस्, मनको बाघले नखाओस्’ नेपालीमा चर्चित यो उखानलाई फिल्म ‘ढोका’ ले आफ्नो कथा थिम बनाएको छ । विश्वमै महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड–१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्या फिल्मले कथाको रुपमा उठाएको हो । 

वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘ढोका’ को लेखन तथा निर्देशन दिवश धितालले गरेका हुन् । आममानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई ‘ढोका’ फिल्ममार्फत देखाउन खोजिएको निर्देशक धितालले बताए ।


Advertisement


फिल्मको छायांकन तथा सम्पादन बरुण कोइरालाले गरेका छन् । राजाराम गौतमको निर्माण रहेको फिल्ममा आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय छ ।


Copy link
Powered by Social Snap