२०८१ बैशाख १५

संसद् बैठकमा मास्क लगाउन सभामुखको आग्रह




काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमण पुनः बढ्दै गएको भन्दै मास्क प्रयोग गर्न आग्रह गरेका छन् ।



Advertisement



मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले कोभिड–१९ को संक्रमणदर पुनः बढ्दै गएको भन्दै संसद् बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न आग्रह गरे । उनले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरे ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । तीन हजारभन्दा बढी संक्रमित आइसोलेसनमा छन् ।

Copy link
Powered by Social Snap