२०८३ कार्तिक १३

पार्टी महाधिवेशनमा जितेकाहरूलाई पनि तरूण दलमै क्रियाशील राख्न परिपत्र

नेपाल तरूण दलले वैशाखमा हुने स्थानीय तह चुनावमा खट्न परिपत्र गरेको छ।


Advertisement


जिल्ला अध्यक्षहरूलाई अध्यक्ष विद्वान गुरूङले आज पत्र पठाउँदै जिल्ला र जिल्ला मातहतका संघीय निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म निर्वाचन परिचालनमा खट्न निर्देशन दिएका छन्।

उनले सहयोग समिति बनाएर मतदान केन्द्रहरूमा तरूण स्वयमसेवकसमेत परिचालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

साथै तरूण दलमा रहेर पार्टी महाधिवेशनबाट विभिन्न तहमा जितेकाहरूलाई पनि अर्को निर्णय नहुन्जेलका लागि तरूण दलमै क्रियाशील गराउन अध्यक्ष गुरूङले निर्देशन दिएका छन्।

‘नेपाल तरुण दलको चौथो महाधिवेशनको सन्दर्भमा गठित दलको जिल्ला, संघीय निर्वाचन क्षेत्र, पालिका र वडा समितिहरुमा विभिन्न जिम्मेवारीमा रही कार्य गर्दै आएका तरुण साथीहरुलाई कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा त्यस जिल्लाको पार्टीको विभिन्न जिम्मेवारीमा निर्वाचित भएता पनि नेपाल तरुण दल केन्द्रीय समितिको अर्को निर्णय नभए सम्मका लागि दलको जिल्ला अध्यक्ष लगायत विभिन्न जिम्मेवारीमा रहेका सम्पूर्ण तरुण साथीहरुलाई आ–आफ्नो जिम्मेवारीमा यथावत रही कार्य गर्ने यो परिपत्र मार्फत निर्देशन गरिन्छ,’ अध्यक्ष गुरूङले पठाएको परिपत्रमा उल्लेख छ।

तर कांग्रेसको विधानमा पार्टीका कुनै पदमा निर्वाचित वा मनोनीत भए साविक पद स्वत: रिक्त हुने व्यवस्था छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap