२०८१ बैशाख १४

परियोजनाका काम तत्काल अघि बढाउन एडिबीलाई मन्त्री झाक्रीको आग्रह

सहरी विकास मन्त्री रामकुमारी झाक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन्। 

उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताएकी हुन्। 


Advertisement


शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई एडिबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गरिन्।

उनले भनिन्, ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन्। सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौं भन्ने पक्षमा छौं। एडिबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ।’

मन्त्री झाक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले संघीयता अनुसारका सहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताइन्।

उनले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनको बाबजुद काम गरिरहेको बताइन्।

‘विकास निर्माणको योजना जनताले धेरै काम गरिरहेका छन्, हामीसँग सीमित बजेटले गर्दा धेरै काम गर्न सकिरहेका छैनौं, उनले भनिन्।


 
पूर्वाधार भइरहेको हाल भइरहेका काम र आगामी दिनमा सहकार्य गर्न सकिने लगानीको क्षेत्रको विषयमा मन्त्री झाक्री र एडिबीका प्रतिनिधिबीच छलफल भएको हो।

छलफलमा मनिलास्थित एडिबीका प्रतिनिधि केनिचि याकोयामाले मन्त्रालयसँग आफूहरू सधैं सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताइन्। 

उनले सहरीकरणको गुजरात मोडल अनुसार अब बन्ने सहरीकरणका परियोजना बनाउन सुझाव दिइन्।

हाल एडिबीको लगानीमा नेपालमा भइरहेका कामको समीक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिए।

कार्यक्रममा सहरी विकास मन्त्री, एसियाली विकास बैंक एडिबीका मनिलास्थित केन्द्रीय कार्यालयका महानिर्देशकबीच नेपालमा एडिबीको लगानीमा भइरहेका कामहरूको समीक्षा र भविष्यमा कुन–कुन योजनामा सहकार्य गर्न सकिन्छ भन्नेबारे छलफल भएको हो।
 
छलफलमा एडिबीका महानिर्देशक र नेपालस्थित एडिबीका प्रतिनिधि तथा सहरी विकास मन्त्रालयको तर्फबाट मन्त्री रामकुमारी झाक्री, सचिव मणिराम गेलाल, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, मन्त्रालयका सह–सचिव प्रकिर्ण तुलाधर, मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहोरा लगायतको सहभागिता रहेको थियो।

Copy link
Powered by Social Snap