२०८१ बैशाख ८

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् आजका कार्यसूची

प्रनिनिधि सभा बैठक आज पनि बस्दैछ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् निरन्तर अवरुद्ध गर्दै आएको छ। तर एमाले अवरोध बीच सभामुख अग्नी सापकोटाले बैठकको काम कारबाही अगाडि बढाउँदै आएका छन्।


Advertisement


एमालेको अवरोधबीच सरकारले अध्यादेश र विभिन्न प्रस्ताव पेस गर्ने काम गरिरहेको छ।

दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेलगायतका कार्यसूची रहेको संघीय संसद् सचिवालयले छ ।

यी हुन् कार्यसूची
बैठकमा सांसद् प्रेम सुवालले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सांसद् सुवालले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

मन्त्री खाँडले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

सांसद् सुवालले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची छ। 

त्यस्तै मन्त्री खाँडले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

सांसद् सुवालले ‘रेल्वे अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Copy link
Powered by Social Snap