२०८१ बैशाख ८

वीरगञ्जमा स्टिल फ्याक्ट्रीको भट्टी बिस्फोट हुँदा १२ श्रमिक घाइते

१० भदौ, वीरगञ्ज । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरको एक स्टिल कम्पनीको भट्टीमा बिस्फोट हुँदा १२ जना श्रमिक घाइते भएका छन् ।

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ । करिडोर भित्रको सार्वोत्तम स्टिलको फलाम पगाल्ने भट्टी पड्किँदा तरल पदार्थ उछिट्टिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।


Advertisement


बिहीबार दिउँसो पौने एक बजे भएको घटनामा घाइतेहरु सबै भारतीय नागरिक रहेको र उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको पाण्डेले बताए । उद्योगमा बिस्फोटपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको उनले बताए ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap