२०८१ बैशाख २६

आज यी नदीहरुमा बाढी आउन सक्ने, सतर्कता अपनाउन आग्रह

बाढी पूर्वानुमान महाशाखाले आज महाकाली,पश्चिम राप्ती,तिनाउ जलाधारका सहायक नदीहरु, नारायणीका सहायक नदीहरु त्रिशुली, बूढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ । 


Advertisement


महाशाखाका अनुसार आकस्मिक बहाव बढ्ने र सतर्कता तह नजिक पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

यसैगरी, मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभावका कारण दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै, लुम्बिनी, गण्डकी प्रदेशका एक/दुई  स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

त्यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap