२०८१ बैशाख १८

सार्वजनिक बिदाका कारण बुधबार सुनचाँदीको मूल्य यथावत

आज २५६५ औं बुद्ध जयन्ती । सार्वजनिक विदाका कारण आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै हेरफेर गरिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्य गत मंगलबारकै मूल्य कायम गरिएको हो । 


Advertisement


महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ नै कायम गरिएको छ ।  त्यस्तै यता चाँदीको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap