२०८३ कार्तिक १२

ओली निवास छाडेर आफ्नै घरमा सरे पूर्वमन्त्री बाँस्कोटा

साभार: सेतोपाटी

पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवास छोडेका छन्।

२०७४ फागुनमा मन्त्री बनेदेखि बाँस्कोटा प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका थिए।

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदका क्रममा ७० करोड कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले गत फागुनमा मन्त्रीबाट राजीनामा दिएका थिए। राजीनामा दिएपछि पनि उनी बालकोटस्थित ओली निवासमै बस्दै आएका थिए।


Advertisement


लोकन्थलीमा रहेको घरलाई पुननिर्माण गर्नु परेकाले बाँस्कोटा बालकोटमै बसेका थिए।

अहिले  उनले लोकन्थलीमा रहेको साढे १ तले घरलाई साढे २ तले बनाएका छन्।  घरको सबै काम सकिएपछि भदौ ४ गते आफ्नो घरमा सरेको उनले बताए।

‘म मन्त्री हुँदा पुल्चोक क्वार्टरमा घर खाली थिएन मेरो घर सानो थियो। त्यही भएर म प्रधानमन्त्रीको निजी निवासमा बसेको हो,’ बाँस्कोटाले भने, ‘तीनमा आनामा बनेको साढे १ तले घरलाई पुननिर्माण गरेर साढे २ तले बनाएपछि अहिले लोकन्थली सरेको छु।’


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap