२०८३ कार्तिक १२

पानीको स्रोत संरक्षण र सम्बर्द्धन साझा दायित्व : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पानीका स्रोतहरुको संरक्षण र सम्बर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताएकी छन् । शुक्रबार काठमाडौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तन, जनसंख्या बृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिका पानीको अत्याधिक दोहन जस्ता कारणले पानीका स्रोतहरु प्रदूषित र संकटग्रस्त बनेको परिवेशमा मेलम्चीको शुद्ध पानी काठमाडौँ उपत्यकामा ल्याउन सफल भएकोमा सरकारलाई धन्यवाद दिइन् ।


Advertisement


 ‘पानीको स्रोत संरक्षण सम्बर्द्धनमा त्रिभुवन विश्वविद्यालयसहित प्राज्ञिक संस्थाहरुले समेत अध्ययन अनुसन्धानमा अग्रसरता लिनुपर्दछ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘बढ्दो जनसंख्यासँगै काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति गर्न मेलम्चीको परिकल्पना ५ दशक अघि नै गरिएपनि करिब ३ दशकअघि कृष्णप्रसाद भट्टराईको पालमा चर्चामा आएको आयोजना केपी शर्मा ओलीको पालमा सम्पन्न भएको छ, जसले जनतामा खुसी छाएको मैले विश्वास व्यक्त गरेकी छु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ठूला पूर्वाधार आयोजन सम्पन्न गर्न सचेत बन्नुपर्ने आफुलाई महसुस भएको  विकास निर्माणका काममा अवरोध हुनु चिन्ताको विषय भएको बताइन् । उनले मेलम्ची आयोजनाको सफल कार्यान्वयनसहित दीगो संरक्षणका लागि शुभकामना प्रकट गर्दै आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सुरुवातदेखि नै संलग्न हुने सबै पक्षको योगदानको स्मरण गर्दै आभार व्यक्त गरिन् ।

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap