२०८३ कार्तिक १२

खोप अभियानको ३ दिन : आज मात्र ४६ हजारले लगाए खोप

१६ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको तेस्रो दिन शुक्रबारसम्म देशभर ४६ हजार भन्दा बढीले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १६९ खोप केन्द्रबाट कुल ४६ हजार १७९ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरहरुले खोप लगाएको जानकारी दिएका हुन् ।


Advertisement


प्रदेश १ मा ७ हजार ३६९, प्रदेश २ मा ४ हजार ६५०, वाग्मती प्रदेश मा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बिनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा. गौतमले शुक्रबारसम्म खोप लगाएका व्यक्तिहरुमा सामान्य असरहरु देखिएको तथ्यांक प्राप्त भएपनि चिकित्सकहरुको प्रतिवेदन अनुसार ती सबै व्यक्तिहरुमा देखिएका असरहरु केही समय पश्चात आफैं निको भएको बताए । कसैमा पनि जटिल स्वास्थ्य समस्या नभएको उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार खोप पश्चात अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभर विज्ञ चिकित्सकहरु परिचालन गरिएको डा. गौतमले बताए । यसैगरी हरेक अस्पतालहुरमा हुन सक्ने सम्भाव्य घट्नाहरुको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधिहरुको समुचित व्यवस्थापन समेत गरिएको उनले बताए ।

वृद्धाश्रम र जेलमा रहेका लक्षित समूहका व्यक्तिहरुलाई खोप लगाउनका लागि खोपको उचित तापक्रम सुनिश्चित गरी सम्बन्धित संस्थामै गएर खोप लगाउने व्यवस्था मिलाउन निर्देशन भएको उनले बताए ।

बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत पहिलो दिन ९ हजार ८४ र दोस्रो दिन बिहीबार १९ हजार ६४८ जनाले खोप लगाएका थिए ।

Credit: OnlineKhabar


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap